सफा हेटौंडाको सन्देश दिन टोल बिकाश संस्थाका महिलाको प्रतिस्पर्धा

हेटौंडा । मकवानपुरको हेटौंडामा आज भब्य रुपमा ४७ औ विश्व वातावरण दिवसका हेटौंडामा ¥याली र सभा गरिएको छ । टोल विकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरण दिवशका अवसरमा हेटौंडा बजारमा बिभीन्न दुई सय भन्दा बडी टोल बिकाश संस्थाहरुले आफ्नै भेषभूसा, वातावरण संरक्षण गर्ने अभियान सहित ¥याली निकालिएको हो ।
हेटौंडाको हुप्रचौरबाट निकालिएको ¥यालीले मेनरोड, सिमाचोक, स्कुलरोड भएर भूटनदेबि माध्यमिक बिद्यालयको चौरमा आएर सभामा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडालाई फूलै फूलको शहरका रुपमा बिकाश गर्नका लागि आफु लागिपरेको बताउनुभयो ।
शहरलाई सफा र सुन्दर बनाउनका लागि टोलबिकाश संस्थाका महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हेटौंडाका कुनैपनि खाली स्थान देखेमा फूल र फलफूलका बिरुवा रोप्नका लागि मेयर महतले आग्रह गर्नुभएको छ । हेटौंडालाई सधै सफा र हराधरा बनाउनका लागि आफु लागिपरेको बताउँदे उहाँले यो अभियानमा सबै नगरवासीहरुको साथ आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले टोलबिकाश संस्थाहरु नगरको अभिन्न अंङ्गको रुपमा रहेको बताउनुभयो । बिरुवा रोप्ने काम संगै संरक्षणमा समेत सबै लाग्नका लागि उहाँले आग्रह गर्नुभयो । टोल बिकाश संस्था मध्यमा उत्कृष्ट ¥याली प्रर्दशन गर्ने हेटौंडा ११ को सिमल्टार टोलबिकाश संस्था प्रथम भएको छ । उसले नगद १० हजार हजार रुपैयाँ सहित सम्मान पत्र हात पारेको छ ।
त्यसैगरी हेटौंडा ९ को प्रगती टोलबिकाश संस्था द्धितीय भएको छ । उसले नगद ७ हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरेको छ । त्यसैगरी हेटौंडा ५ को अब्बलडाँडा टोल बिकाश संस्था तेस्रो भएको छ । उसले पाँच हजार नगद सहित सम्मान पत्र हात पारेको छ । अरु बिभीन्न सातवटा टोल बिकाश संस्था सान्त्वना भएका छन् । त्यसैगरी उत्कृष्ट बिद्यालय र संघसंस्थाहरुलाई पनि पुरस्कृत गरिएको मेयर महतले बताउनुभयो ।
टोल विकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष धुर्ब प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का वडाअध्यक्ष राजन थापा, हेटौंडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेल, नेपाली काग्रेशका नेता प्रदिप कोईराला लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष इश्वर ढुंगाना, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड लगायतकालाइ सम्मान गरिएको छ ।