अख्तियारको हेटौंडा कार्यालयद्वारा दुई लाख ७५ हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

जनपत्र
२२ जेष्ठ २०७६, बुधबार ०६:०७

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा घुससहित एक जना जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ।

आयोगको हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित कलैया उपमहानगरपालिका(७, बाट पक्राउ गरेको हो।

विकास निर्माणका योजना पारिदिने भन्दै वडाध्यक्ष बरैले एकजना सेवाग्राहीसँग रकम लिएको अख्तियारले जनाएको छ। बरैसँगै उनका एकजना सहयोगी पनि पक्राउ परेका छन्। उनीहरुलाई अख्तियारको हिरासतमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*