सरकारले सच्यायो गल्ती, आज देशैभर इद उल फित्रको सार्वजनिक बिदा

हेटौंडा । नेपालका इस्लाम धर्मावलम्बीले आज बुधबार इद उल फित्र पर्व मनाउँदै छन् । इदुल फित्रका अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।
इद उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन् ।
सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।