हेटौंडामा प्रदेश ३ स्तरीय श्रम र सामाजिक सुरक्षा ऐन विषयक कार्यशाला

हेटौंडा / नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको आयोजनामा आज हेटौंडामा प्रदेश ३ स्तरीय श्रम ऐन र सामाजिक सुरक्षा ऐन विषयक कार्यशाला गोष्ठी भएको छ । अन्र्तर्राष्ट्रिय श्रम संगठन नेपालको सहयोगमा हेटौंडामा रहेका विभिन्न उद्योग, होटल, अस्पताल सञ्चालकहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा महासंघका उपमहानिर्देशक हशंराम पाण्डेले श्रम ऐन र सामाजिक सुरक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । श्रम ऐनमा हुनुपर्ने प्रावधानहरुको बारे जानकारी दिइएको थियो ।
महासंघका उपाध्यक्ष तथा रोजगार दाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल श्रम कार्यालय हेटौंडाका प्रमुख श्याम श्रेष्ठ लगायतकाले आफ्नो भनाई राखेका थिए । गोष्ठी महासंघ प्रदेश ३ का उपाध्यक्ष राजन गौतमको अध्यक्षतामा भएको थियो ।