इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स

जनपत्र
२४ माघ २०७८, सोमबार ०८:०१

साडियो मानेले पेनाल्टीमा गरेको निर्णायक गोलमा सेनेगलले आइतबार इजिप्टलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्स जितेको छ । सेनेगलले प्रतियोगिताको उपाधि जितेको यो पहिलो पल्ट हो ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुल फरवार्ड मानेले पेनाल्टीबाट गोल गर्न चुकेका थिए ।

खेल आफै भने उनी र लिभरपुलका अर्का स्टार खेलाडी मोहम्मद सलाहबीचको भीडन्तमा रूपमा लिइएको थियो । टाइब्रेकरमा सेनेगलका लागि मानेसँगै बाम्बा डिङ अब्डोयु डिआलो र कालिडोउ कुलिबालीले गोल गरे ।

सेनेगलका बोउना सार भने गोल गर्न असफल रहे । इजिप्टका लागि अहमद सायद र मार्वान हाम्दीले मात्र गोल गर्न सके । मोहनद लासहेन र मोहमद अब्डेलमोनेमको प्रहार गोल हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*