थाहानगरमा नयाँ बिद्यालय भवन हस्तान्तरण

साढे दुई करोड लागतमा सुबिधा सम्पन्न बिद्यालयमा अब भुकम्पको त्रास खेप्नु नपर्ने ।
जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार १६:०८

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडानम्बर १२ टिष्टुङको टिष्टुङ देउराली नेपाल चेम्बर प्राबिको बिद्यालय भवन आज हस्तान्तरण गरिएको छ । जिल्ला आयोजना कार्यनयन इकाइ (शिक्षा) ले नयाँ निर्माण गरिएको भवन आजै उद्घाटन गरेर बिद्यालय ब्यावस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

नब निर्मित भवनको आज थाहा नथरपालिकाका मेयर लवशेर बिष्टले उद्घाटन् गर्नुभयो । बिद्यालय भवन भने इकाईका कार्यालय प्रमुख बद्रीबहादुर पाठकले बिद्यालयका अध्यक्ष सानुकान्छा थिङलाई हस्तान्तरण गर्नुभयो । नब निर्मीत बिद्यालय २ करोड ५९ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । जापान सरकारको ऋण अनुदानमा बिद्यालय निर्माण गरिएको हो । बिद्यालयमा नौ वटा कक्षा र कार्यालयका कोठा, बिद्यालयका प्रधानध्यापकको आवास, सौचालय, बिद्यालयका फर्निचरका सामान, पुस्कालय निर्माण गरिएको इकाइका प्रमुख पाठकले बताउनुभयो ।

भुकम्का कारण पुर्ण क्षेती भएको बिद्यालय स्वछन्दखानी बानियाँ जेभीले निर्माण गरेको बिद्यालय हस्तान्तरण गरिएको हो । अत्याधुनिक प्रबिधियुक्त, बालमैत्री, अपाङ्गमैत्री बिद्यालय निर्माण गरिएको पाठकले बताउनुभयो । पूर्ण रुपमा भुकम्प प्रतिरोधि बिद्यालय भवन भएकाले अब बिद्यालयमा पढ्न आउँदा भूकम्पको कुनैपनि त्रास बेहोर्नु नपर्ने भएको छ । कार्यक्रममा वडाअध्यक्षहरु, स्थानीय अभिभावकहरु, शिक्षक, बिद्यार्थीहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*