लोकसेवा आयोगको हेटौंडा कार्यालयमा घेराउ, सरकार बिरुद्ध चर्का नारा

हेटौंडा । लोक सेवा आयोगकको हेटौंडाको कार्यालयमा आज नारा जुलुस सहित घेराउन गरिएको छ । संयुक्त बिद्यार्थी संयुक्त समिति मकवानपुरले आज लोकसेवा आयोगको कार्यालयमा घेराउ गरेको हो । ¥याली सहित हातमा प्लेकार्ड बोकेर आएका बिद्यार्थीहरुले आयोगको कार्यालयमा घेराउ गरेर नारावाजी समेत गरेका हुन् ।
लोकसेवा आयोगको संबैद्यानिक बिज्ञापनको बिरुद्धमा आन्दोलदनमा उत्रिएका बिद्यार्थीहरुले जुलस निकालेर घेराउ समेत गरे ।
नेपाल सरकारले लोकसेवा आयोगमा माग गरेको कोटामा समावेशी दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा युवाहरुले आज प्रदर्शन गरेका छन् । हेटौँडामा बसेर लोकसेवा पढिरहेका युवाहरुले आज लोकसेवा कार्यालय हेटौँडालाई घेरेर नारा जुलुस गरेकोको संघर्ष समितिका बालकुमार यादबले बताउनुभयो ।