एफए कपको चौथो चरणबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

जनपत्र
२२ माघ २०७८, शनिबार ०७:५३

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बाहिरिएको छ।

शुक्रबार राति भएको खेलमा मिडल्ब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बिदा भएको हो।

शुक्रबारको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। खेलको २५ औं मिनेटमा नै युनाइटेडले अग्रता लिएको थियो। यद्यपि खेलको ६४ औं मिनेटमा मिडल्सब्रोले बराबरी गोल फर्काएको थियो। निर्धारित समयमा स्पष्ट नतिजा निस्किन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा पनि सहजै माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लागेन। माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लगाउन १६ वटा पेनाल्टी प्रहार गर्न लगाइएको थियो। जसमा मिडल्सब्रो ८–७ ले विजयी भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*