सहचालकले साइड लगाउन खोज्दा बस १ सय मिटर तल खस्यो

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:२०

बझाङ– जिल्लाको सिमखेत बसपार्कमा सह चालकले साइड लगाउन खोज्दा बस खसेको छ । सोमबार जयपृथ्वी नगरपालिका अन्र्तगत बसपार्कमा सहचालक  लक्ष्मण कुँवरले महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस साइड लगाउन खोज्दा बस खसेको हो । बसमा यात्रुहरु या बसपार्क वरपर मानिसहरु नभएकाले मानवीय क्षति भने नभएको तर बस नियन्त्रणमा लिन नसक्दा बसपार्कमा रहेका ३ वटा टिकट काउन्टर भत्किएका छन् । बस नियन्त्रण लिन नसक्दा बसपार्कबाट बस र सहचालकसहित झण्डै १ सय मिटर तल बाउली खोलाको किनारमा खसेको तर मानवीय क्षति भने नभएको प्रहरी नायव उपरिक्षक सुर्य केसीले बताए ।

बस चलाउने सह चालक कुँवरलाई अनुसन्धानका लागि नियन्त्रण लिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*