मारुनीको फस्ट लुक सार्वजनिक, भदौ १३ देखि प्रदर्शन हुने

काठमाडौँ-चलचित्र मारुनीको फस्टलुक सर्वजनिक भएको छ। भदौ १३ बाट प्रदर्शन हुने मारुनीको फस्टलुक सार्वजनिक भएको छ। निर्देशक नवल नेपालले निर्देशन गरेको चलचित्रको फस्ट लुक्समा दुई ओटा पोष्टर सार्वजनिक भएका छन्। चलचित्रको फस्टलुकमा मुख्य कलाकारद्धय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ। चलचित्र मारुनीको कथावस्तुको बिषयमा अहिलेसम्म केही खुलाइएको छैन।
चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । चलचित्रमा राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह-लगानी छ। यो चलचित्रलाई संजय लामाले खिचेका हुन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन्।