हेटौंडाका वडातहमा ३० करोडको योजना, १९ वडामा योजना छनौटको काम सुरु
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि वडातहमा गएर योजनाको छनौटको काम सुरु गर्न लागेको छ । हेटौंडाको १९ वटै वडामा पुगेर योजना छानौटको काम गर्ने भएको हो । योजनाको छनौट गर्नका लागि सबै वडालाई बजेटको सिलीङ र योजना छनौटका आधारहरु तयार पारेर वडा तहमा पठाउन सुरु गरिसकिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
वडालाई दिएको जिमेवारी अनुसार टोल टोलमा पुगेर नागरिकको सुझाबका आधारमा मात्र योजनाको छटौट गरेर ल्याउनका लागि आग्रह गरिएको छ । वडातहमा जाने बजेट चालु आर्थिक बर्षकोे तुलनामा आउँदो आर्थिक बर्षका लागि बडी रकम छुट्याइएको छ । १९ वटावडालाई तीन तहमा बिभाजीत गरेर बजेट छुट्याईएको छ ।
साबिकको ११ वटा वडालाई एक करोड ४० लाख रुपैयाँ, पछी थपीएका वडालाई एक करोड ७५ लाख रुपैयाँ र बडी बिकटताको आधारमा १९ नम्बर वडालाई २ करोड २५ लाख रुपैयाँ छुट्याइएको मेयर महतले बताउनुभयो । भौगोलिक बिकटता र बिशेष अनुदानका आधारमा १९ नम्बर वडालाई समेटिएको हो । हेटौंडाका १९ वटै वडामा गरेर ३० करोड ६ लाख रकम छुट्याईएको छ ।
वडातहका योजना छनौट गरेर यो रकमको योजना सिधै वडाअध्यक्ष, वडासदस्य र स्थानीय समुदायले योजना छनौट गरेपछी काम हुने छ । वडाका योजनामा ५ लाख रुपैयाँ भन्दा कम रकमको योजना छनौट गर्न नपाईने भएको छ । त्यसभन्दा माथीका योजना छनौट गरेर जेठ ३१ गते सम्म उपमहानगरपालिका कार्यालयमा ल्याइसक्नुपर्ने मेयर महतको भनाई छ ।