धरानमा डेंगुको महामारी, ७५ जना अस्पताल भर्ना

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:००

सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रुप लिएको छ। ७५ संक्रमित अस्पतालमा छन्। विरामीको संख्या बढिरहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.विजय खनालको रेस्क्यु टोलीको नियन्त्रण प्रयास सफल हुन सकेको छैन।

नियन्त्रणमा प्रयोग गरिएको फगिङ मेसिन ‘अल्फा स्याफर मेथ्रिन’ ले वयस्क लामखुट्टे मरे पनि पानीमा रहेका अण्डा, लार्भा र प्युपामा असर नगरेको टोली सदस्य धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*