१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

जनपत्र
२० जेष्ठ २०७६, सोमबार १८:०७

भारतीय वायुसेनाको विमान सोमबार दिउसोदेखि सम्पर्कविहीन भएको छ । ८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेकाे एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ । आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ । अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*