प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

जनपत्र
२० जेष्ठ २०७६, सोमबार ०७:२८

हेटौंडा / ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट भर्ना हुनुभएको हो ।

अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उहाँको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्री पौडेलका प्रेश संयोजक प्रकाश दाहालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*