इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश

जनपत्र
१४ माघ २०७८, शुक्रबार ०९:४२

विश्वकपको एसियाली छनोटको माध्यमबाट यही वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट हुने इरान पहिलो देश बनेको छ। बुधबार रातिको खेलमा इराकलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर एसियाबाट छनोटको माध्यम हुँदै कुनै देश विश्वकपमा छनोट भइसकेका थिएनन्।

बिहीबारको खेलमा जित निकाल्दै छनोटको समूह ए मा रहेको इरानले सात खेलबाट १९ अंक बनाएर विश्वकपमा स्थान बनाएको हो। तेस्रो स्थानको यूएईको तीन खेल बाँकी हुँदा ९ अंक मात्र भएको कारण इरानले विश्वपमा स्थान पक्का गरेको हो।

बिहीबार इराकविरुद्ध जित दिलाउन इरानमा मेघि तारेमीले खेलको ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए। अहिले पराजित इराक चार अंकका साथ समूहको पाँचौ स्थानमा छ।

दक्षिण कोरिया दोस्रो स्थानमा छ भने युनाइटेड अरब इमिरेट्स तेस्रो स्थानमा रहेको छ।

विश्वकपको एसियाली छनोट अन्तर्गत तेस्रो चरणको छनोटमा दुई समूह रहेका छन्। दुई समूहमा ६(६ गरि १२ देशको सहभागिता रहेको छ। डबल राउन्ड रोविनमा खेल भइसकेपछि दुवै समूहबाट शीर्ष दुई स्थानका टिमले विश्वकप खेल्न पाउनेछन्।

त्यस्तै, तेस्रो स्थानको दुई टिम९दुवै समूहका०ले भने चौथो चरणमा एक खेल खेल्नेछन्। सो खेलको विजेताले दक्षिण अमेरिकी छनोटको पाँचौ भएको टिमसँग खेल्नेछ। र, त्यो खेलको विजेताले विश्वकप खेल्न पाउनेछ।अहिले समूह बीको शीर्ष दुईमा साउदी अरेयिबा र जापान रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*