रक्षात्मक बन्दै विप्लव, पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही

जनपत्र
२० जेष्ठ २०७६, सोमबार ०६:१९

पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ । प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको हो ।

प्रहरीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धयता हालसम्म नेकपाका ४ सय २६ जना नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ भने ६ दर्जनभन्दा बढी नेता कार्यकर्ता सत्तारुढ नेकपा र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब दुई दर्जन जति नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले भने प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन् । आइतबार मात्रै नेकपाले पार्टीका पोलिटब्युरो सदस्य रहेका नेता पदम राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*