अशोक दर्जीको अभिनयमा पहिलो म्युजिक भिडियो ‘सिम्पल डिम्पल’
चर्चित बालगायक अशोक दर्जीलाई पहिलोपटक दर्शकले म्युजिक भिडियोमा पनि देख्न पाउने भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र छायांकन सकिएको छ ।
भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना ,दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । सुटिङ स्थलमा अभिनेता बिराज भट्ट पनि पुगेर अशोक दर्जीलाई बधाई समेत दिए ।