प्रदेश ३ का सबै मन्त्री देखि सचिब सम्म दिगो बिकास लक्ष्यमा जुटे

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार १९:५०

हेटौंडा । प्रदेश नम्बर ३ को दिगो बिकाश लक्ष्यमा पुग्नका लागि यहाँका सबै मन्त्री, मन्त्रालयका सचिव, नीति तथा योजना आयोग, यहाँका केही स्थानीय तह लगायतका क्षेत्र जुटेका छन् । काम गर्ने जोसका साथ जनप्रनिधि बनेका मन्त्रीहरु बिकाशका काममा उत्तिकै लागेका छन् ।

प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगको आयोजनामा दिगो विकाश लक्ष्य स्थानीयकरण सम्बन्धी कार्यक्रम आज हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै दिगो बिकाश लक्ष्य प्राप्त गर्नका लागि सबै एक भएर काम गर्नुपर्ने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
प्रदेश सरकारको दिगो विकाश लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रममा छलफल भएको थियो ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकाश मन्त्री युवराज दुलाल लगायतकाले आफ्ना सुझाबहरु राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*