कोरोनाको तेस्रो लहरमा अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङ्क्रमित

जनपत्र
७ माघ २०७८, शुक्रबार १४:३०

काठमाण्डाै – नेपाल प्रहरीका ६ सय ७१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाको तेस्रो लहर सुरु भएपछि अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङक्रमित भएका नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सङ्क्रमित उनीहरुको स्वास्थ्य अवस्था जटिल नरहेको समेत बताउनुभएको छ । उहाँले सङ्क्रमित हुने प्रहरीको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काम प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

दैनिक शान्ति सुरक्षा तथा अन्य गतिविधिमा कुनै जटिलता नरहेको उहाँको भनाई छ । प्रवक्ता केसीले फ्रन्ट लाइनमा खटिने प्रहरीका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*