“हामी नयाँ पाठशालाका विद्यार्थी “

भगवती पुणासैनी (बिचार)
१९ जेष्ठ २०७६, आईतवार १०:२२

संघिय गणतन्त्र नेपालका हामी पहिलो जनप्रतीनिधी । हाम्रा लागि यो विलकुलै नयाँ ।  पहिलो अवसर पाउँदा सबै काम सबैकालागी नयाँ नै हुन्छन् । त्यसमा पनि ठुलो त्याग र वलिदान बाट प्राप्त संघिय संरचना  र गणतन्त्र नै हामी सबैका लागी नयाँ पाठशाला भयो । संघ ,प्रदेश र स्थानीय तिनै तह नयाँ नेपालकोे नयाँ संरचना ।पहिला सडमा थियौ अहिले सदनमा पुग्यौ ।
सडक र सत्ता यी दुबै बाटो फरक हुन तर दुबै शक्तिशाली पनि छन् । पहिला हाम्रो माँग पुरागर भनेर उफ्रि उफ्री सडक तताउँथ्ययौ,माग्यौं अहिले माँग पूरा गर्ने अर्थात दिने ठाउँमा छौं तर  सजिलै दिन सकिदो रहेनछ । त्यो भण्डारमा नीति र विधका ठुला ठुला ताल्चा मारेको हुदो रहेछ । सजिलो रहेनछ सरकार संचालनको रथ हाक्न पनि ।जिल्ला समन्वय समितीले पाएको संवैधानिक जिम्मेवारी अनुगमन,समन्वय र सहजीकरण अनुसार जि स स को तर्फबाट  पहिलो वर्षको अनुगमनमा  सबै स्थानिय तहले कार्य संचालनका लागि  आवश्यक ऐन,कानुन, नीति,विधि र ९मार्गदर्शन० रणनीति योजना बनाउँदै विकास बजेटलाई संगै कार्यन्वयन गरेको पाईयो । दोस्रो वर्षको बजेट विनियोजनले भौतिक पुर्वाधार जसमा गाउँ गाउँमा सडक संजाल जनचाहना अनुरुप नै भैरहेको छ ।
चित्त बुझ्नेले गाउँमा विकास राम्रै भैराछ भन्छन होला चित्त नबुझ्नेले डोजर आतङ्कको व्याख्या पनि गरिरहेका छन् । तर जस्ले जे भने पनि गाउँमा विकासको लहर पुगेकै देखिन्छ ।हिजो ५० हजार गाविसमा पुग्दा रमाउने हामी आज पालिकाले एउटै वडामा २ करोड सम्म बजेट विनियोजन गर्न सकेको छ ।  जस्ले भौतिक पुर्वाधार मात्र हैन शिक्षा,स्वास्थ ,पर्यटन,कृषि र सामाजिक विकासमा राम्रै प्रभाव पारेको देखिन्छ ।  बालबालिका,युवा देखि वृद्व वृद्वा सम्म सामाजिक सुरक्षा र उनिहरुको वृद्वि विकासमा टेवा पुग्नेगरी विभिद कार्यक्रमका साथ अगाडि बढेको देखिन्छ ।
जिल्ला समन्वय समितीको तर्फबाट अनुगमन गर्दा पनि समाजमा आएको परिवर्तन र जनजिविकामा ल्याएको रुपान्तरणले साँच्चै संघियताले नयाँ नेपाल बनाउँछ जस्तो आशा पलाएको छ ।यति हुदाहुदै पनि सुधार गर्नुपर्ने थुप्रै पक्षहरु छन । समन्वय समितीको तर्फबाट मैले मलाई बुझ्न अति कठिन,बुझ्यो अति कठिन झन्झन् बुझ्यो झन  कठिन  भैरहेको कुरा प्राकृतीक श्रोत नदिजन्य र खानीजन्य व्यवस्थापन लागि रहेको छ । त्यसको लागि स्थानिय तहले बलियो नीति बनाएर चुहावट रोक्नेगरी कार्यन्वयनमा जान सके स्थानिय तहका लागि आन्तरिक श्रोत निकै बलियो हुनसक्ने छ र संघियताको मर्म पनि यहि हो राजश्व संकलन द्वारा सरकार संचालन गर्नु ।त्यसैले भन्दै छु हामी नयाँ पाठशालाका विद्यार्थी  जि स स ले पनि समन्वय र सहजीकरणमा सक्दो सहयोग गर्न सकेका छैनौ होला ।
याहाँ  सिक्ने र सिकाउने  कोही छ भने निर्वाचनमा उमेद्वारी दिएर चुनाबमा पठाउने  राजनीति दल नै छन् र हुनपनी पर्छ । किनकी जनप्रतीनिधीहरुको अर्थात सरकारको भुमिकामा छायाँ सरकार भनेर राम्रा कामको लागी आवश्यक सहजीकरण , सहयोग, प्रचार प्रसार गर्ने र नराम्रा कामको खबरदारी  तथा दण्डित गर्ने अधिकार पनि पार्टीलाई हुन्छ । त्यसैले नेकपा मकवानपुरले आफ्नो पार्टी पुर्णता पाए लगत्तै आफ्ना जनप्रतीनीधि भेला गरेर सुझाब सल्लाह दिने काम असाध्य प्रशंसनीय छ । ढिलै भएपनी जनप्रतिनीधिले अभिभावक पाएका छौ ।  हामी सबै आभारी भएका छौ ।हामी नयाँ पाठशालाका विद्यार्थी हामी सिक्दै छौं , समाजलाई पढ्दै छौं, जीवन र जगतका बारेमा अनगिन्ती अनुभव बोक्नु भएका आदरणीय नेताहरुले सक्षम जनप्रतीनिधि बनाउन थुप्रै पाठ सिकाउँनु हुनेछ । संघिय गणतन्त्र नेपालको जग स्थानीय सरकार सफल भए हाम्रो संविधानको पुर्ण कार्यन्वयन हुनेछ र संघियता पुर्ण सफल हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*