गायिका सहिमाको “उम्लियो उम्लियो” मा अलिशाको उम्लियो जवानी (भिडियो सहित)

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०६:४५

चर्चित गायिका सहिमा श्रेष्ठको स्वरमा बिल्कुलै फरक शैलीको नयाँ आइटम गितको म्युजिक भिडियो “उम्लियो उम्लियो” सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्केर आफुलाई स्थापित गायिकाको रुपमा उभ्याउन सफल तथा मेला महोत्सब देखि कार्यक्रमहरुमा स्टेज क्विनको उपाधि पाएकी गायिका सहिमा नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी गायिकाको रुपमा चिनिन्छन ।
गीतकार किरण केसी “क्रोधी” को शब्द तथा संगीतकार आलोक श्री को संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार नबराज उप्रेतीले छायांकन गरेका छन् भने सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मालाइ फिचरीङ गरिएको छ । भिडियोलाइ गायिकाले आफ्नै युट्युब च्यानल सहिमा श्रेष्ठ बाट बजारमा लिएर आएकी हुन् ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=ElV3NHQwtpc

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*