नेपालमा मनसुन प्रवेश अझै दुई सातापछि, प्री मनसुनी वर्षा केही दिन सक्रिय नै रहने

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०६:३७

मनसुनको पूर्वसन्ध्यामा जारी प्री मनसुनी वर्षा केही दिन अझै जारी रहनेछ । नेपालमा मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मौसम विज्ञान विभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि पछि सर्ने निश्चित भएको हो । प्री–मनसुनको अवधिमा चलेको वायु र भारतमा प्रवेश गर्ने मनसुनी वायुपछि मात्रै नेपालमा मनसुनको पूर्वानुमान गर्ने गरिन्छ । भारतमा नै एक सातापछि मनसुनी वायु प्रवेश गर्ने भएकाले नेपालमा पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*