दरबार हत्याकान्डबारे हिमानीको बयान : ‘हामीतिर पनि बन्दूक तेर्स्याइरहनुभएको थियो’

१८ वर्ष भयो नारायणहिटी दरबारभित्र हत्याकान्ड मच्चिएको। त्यतिबेला हिमानी शाहज्यादी पदमा थिइन्। तत्कालीन राजा वीरेन्द्रकी बुहारी। राजा वीरेन्द्रका भाइ अधिराजकुमार ज्ञानेन्द्रका छोरा पारसलाई शाहज्यादा उपाधि दिइएको थियो। उनकी पत्नी हिमानीलाई शाहज्यादी। ज्ञानेन्द्र राजा भएपछि पारस युवराज भए अनि हिमानी युवराज्ञी। गणतन्त्र आएपछि सबै ‘पूर्व’ भए। दरबार हत्याकान्डबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिका अध्यक्ष तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सदस्य सभामुख तारानाथ रानाभाटले दरबार हत्याकान्डबारे राजपरिवारका सदस्यहरुसित प्रश्न गरेको थियो। त्यसै क्रममा तत्कालीन शाहज्यादी हिमानीसित भएको सोधपूछको विवरण यस्तो थियो-
Gepostet von Himani Shah am Dienstag, 8. Mai 2018
समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्यौँ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।
हिमानी– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा (रत्न) सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा (राजा वीरेन्द्र) सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince (युवराज दीपेन्द्र) लाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा (धीरेन्द्र) अगाडि सर्नुभयो……..
कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर बसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरि आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै।
समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
हिमानी : हामीतिर पनि बन्दुक तेर्स्याइरहनु भएको थियो। (कसले भनेर चाहिँ समितिले सोधेन)
समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, बारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।
समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।
समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।
समितिः धन्यवाद ।
माईसन्सारबाट