सिड्नीको सामना गर्दै सन्दीप सम्मिलित होबार्ट

जनपत्र
२९ पुष २०७८, बिहीबार ०८:१९

अस्ट्रेलियामा जारी बिग बास लिग (बिबिएल) मा आज नेपाली बलर सन्दीप लामिछानेआवद्ध होबार्ट हरिकेन्सले सिड्नी थन्डरको सामना गर्दैछ । होबार्ट र सिड्नीबचिको खेल बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणमा थन्डरले ११ म्याच खेल्दा आठ खेलमा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । ऊ अंक तालिकाको दोस्रो स्थानमा छ । सन्दीप सम्मिलित होबार्टले भने ११ मध्ये ६ मा हार र पाँच खेलमा जित हात पारेको छ ।

चौथो स्थानमा रहेको होबार्टले ११ म्याच खेल्दा २१ अंक जोडेको छ । थन्डरविरुद्ध पनि सन्दीपले प्लेइङ–११ मा निरन्तरता पाउने सम्भावना प्रवल छ । ११ खेलमा प्लेइङ–११ मा मौका पाइसकेका उनले १० विकेट लिएका छन् ।

अघिल्लो खेलमा थन्डरविरुद्ध नै उनले ३।२ ओभरमा बिनाविकेट २१ रन खर्चिएका थिए । आजै हुने दोस्रो खेलमा मेलबर्न रेनेगेड्स र मेलबर्न स्टार्स तथा तेस्रो खेलमा पर्थ स्कोरचर्स र एडिलेड स्टाइसर्क खेल्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*