शहरको संरचना बिगारेर जग्गा प्लटिङ गर्नु हुँदैन– मेयर महत

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खेतियोग्य जमिनलाई बिगारेर जग्गा प्लटिङ गर्न नमिल्ने बताउनुभएको छ । मकवानपुर घरजग्गा ब्यवसायी संघको पहिलो भेलालाई संवोधन गर्ने क्रममा मेयर महतले नगरको संरचना बिगारेर प्लटिङ्ग गरी संमग्र हेटौँडा नगरको संरचना बिगारको बताउदै नगरको सुन्र्दयतालाई सखाप पार्ने प्लटिङलाई अनुमति दिन नमिल्ने बताउनुभयो । संरचना नबिग्रनेगरी कुनै आववसिय क्षेत्र बनाएर मात्र काम गर्न सकिने बताउनुभयो । नगरको संरचना बिगारेर जथाभावी प्लटिङ्ग गरेकोले पल्टिङ्गको बिषयमा उपमहानगरपालिका कठोर बनेको बताउनुभयो ।
जग्गा प्लटिङलाई आफु आउने बितीत्तकै रोक लगाइएको बताउँदै उहाँले आफुले नगरको संरचना सखाप हुन लागेकोले प्लटिङ्गमा रोक लगाएको प्रस्ट पार्नुभयो । अब समिति तथा उपमहानगरपालिका बसेर यस विषयमा छलफल गरी समाधानको उपायमा लाग्न तयार भएको मेयर महतले बताउनुभयो । कार्यक्रममा नेपाली नेपाली कांग्रेस हेटोंडा नगर सभापति आनन्दराम पराजुली, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, नेकपा मकवानपुरका नेता इन्द्र नेपाल, हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, हेटौंडा एफ. एमका प्रबन्द निर्देशक उज्वल चौलागाई, घर, जग्गा व्यवसायी हेमप्रसाद अधिकारी, कमलराज मैनाली, बस्तिपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मकवानपुर घरजग्गा ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा धु्रब घिमिरे चयन हुनुभएको छ । हेटौँडामा भएको भेलाले घिमिरेको अध्यक्षतमा २५ सदस्यीय कमिटि निर्माण भएको छ । संघको वरिष्ट उपाध्यक्ष कमलराज मैनाली, उपाध्यक्षमा युवाकर मैनाली, महिला उपाध्यक्षमा डोल्मा स्याङ्वो चयन भएका छन् । संघको महासचिवमा राजकुुमार बानीँया, सचिवमा शम्भु पुडासैनी तथा कोषाध्यक्षमा भीमप्रसाद तिमल्सिना (पवन) लगायतका चयन भएका छन् ।