गढीको पुनर्निर्माण र संरक्षणमा ४६ लाख लागतमा काम हुँदै

हेटौंडा । मकवानपुरको भिमफदी गाउँपालिका वडानम्बर ६ मा रहेको ऐतीहासिक चिसापानी गढीको संरक्षण र पुनर्निर्माणका लागि तीनै तहका सरकार लागिपरेका छन् । गढीको संरक्षणका लागि स्थानीय सरकारको रुपमा भिमफेदी गाउँपालिका, प्रदेश ३ सरकार र संघिय सरकार लागिपरेका हुन् ।
तीनै तहका सरकारले गढीको संरक्षण र भत्कीएका स्थानको पुनर्निर्माणका लागि ४६ लाख रुपैयाँ खर्च गर्न लागेका छन् । अहिले गढी संरक्षणका लागि काम भईरहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । भत्कीएर भग्नाबशेष भएको भवन निर्माण गर्ने, तारजालिले संरक्षण गर्ने, यस क्षेत्र आसपास घुम्नका लागि बाटो निर्माण गर्ने, सरसफाई गर्ने लगायतका काम भईरहेको अध्यक्ष लामाले बताउनुभयो ।
चिसापानी गढीको इतिहास निकै लामो रहेको छ । बिक्रम सम्बत १८०१ सालमा मकवानपुरमा राज्य गरेर बसेका सेनराजाको पहलमा नजीकैका महत गाउँका वासिन्दाले गढीको निर्माण गरेको इतिहास छ । त्यसपछी बिभीन्न समयमा भत्कीएको गढी संरक्षणका काम भएपनि राम्रो संग हुन सकेको थिएन । अहिले भने यसलाई तीनै तहको सरकारले संरक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।
चिसापानी गढीको कारणलेनै युद्ध गर्न आएका अग्रेज यस क्षेत्रमा आउन नसकेर सिमभन्ज्याङ तर्फ मोडिन बाध्य भएको इतिहास रहेको छ । यसै क्षेत्रमा रहेको बटुक भैरब मन्दिरको पनि निकै लामो इतिहास रहेको छ । यस मन्दीर र चिसापानी गढीमा घुम्न र हेर्न आउने आन्तरिक तथा बायह पर्यटकहरु पछील्लो समयमा निकै बढ्न थालेका छन् । यसको महत्व अझै बढाउने गरी काम थालिएको अध्यक्ष लामा बताउनुहुन्छ ।