बकैयाको स्कूल दमारमा खानेपानीको हाहाकार

जनपत्र
१८ जेष्ठ २०७६, शनिबार ०६:१८

हेटौडा /मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ८ स्कूल दमारका स्थानीयहरु दूषितपानी पिउन बाध्य भएका छन् ।
भएको पानीको श्रोत सुकेपछि र स्थानीय निकाय तथा राज्यका कुनैपनि निकायले खानेपानीका लागि पहल नगरेपछि आफूहरु दूषित पानी पिउन बाध्य भएको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीय नदीको दूषित पानी पिउन आफूहरु बाध्य भएको स्थानीय देब बहादुर तिमसिनाले गुनासो गरे । उनले आफुहरुले स्थानीय निकाय,खानेपानी डिभिजन कार्यालय लगायतलाई यस बिषयमा जानकारी दिएपनि सुनुवाइ नभएको बताए ।
यद्यपी बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले भने गाउँपालिकाको बैठकले नै बकैयाका केही स्थानमा खानेपानीको पहुँच पु¥याउनका लागि निर्णय गरिएको बताइन् । तर,आफूलाई स्कूल दमार भन्ने ठाउँ थाहा नभएको बताउँदै खानेपानीको अभाव रहेको कुरा कसल भनेको भन्दै प्रतिपश्न गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*