रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

जनपत्र
२५ पुष २०७८, आईतवार ०८:२७

स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए ।

जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ खेलबाट रियाल मड्रिडको ४९ अंक भएको छ । दुई खेल कम खेलेको सेभिया ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

स्पेनिस लिगकै अर्को खेलमा बार्सिलोनालाई ग्रानाडाले १–१ गोलको बराबरीमा रोकेको छ । ग्रानाडाको मैदानमा भएको खेलमा बार्साका लुक डे योङले पहिलो गोल गरेका थिए । तर, ग्रानाडाका एन्टोनियो पुएर्तासले ८९ औं मिनेटमा एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

गएरातिका अन्य खेलहरुमा रियल मयोर्काले लेभान्तेलाई २–० ले हराउँदा रियाल सोसिडाडले सेल्टा भिगोमाथि १–० को जित निकाल्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*