प्रदेश ३ सभामा तीन वटा प्रतिबेदन पेस, बिभूषण सम्बन्धी बिधयक पारित

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार १६:५७

हेटौंडा । प्रदेश ३ सभा अन्तर्गत रहेका ३ वटा संसदीय समितिहरूले वार्षिक प्रतिवेदन बुझाएका छन् । अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल र सार्वजनिक लेखा समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठले संसदमा प्रतिवेदन बुझाएका हुन् ।
यसैगरी प्रदेश सभाको वैठकबाट प्रदेश स्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलको लागि कृषि समितिमा गएको छ । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले पेस गर्नुभएको बिभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको बिधयकलाई आज पारित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*