प्रदेश सरकार संघिय सरकारको लाचार छाँया–सांसद बैद्य

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार १४:३४

हेटौंडा । प्रदेश नम्बर ३ का काग्रेशका सांसद नरोत्तम बैद्यले प्रदेश सरकार संघिय सरकारको लाचार छाँयाँ बनेर बसेको टिप्पणी गर्नुभएको छ । प्रदेश सभामा आज सरकारको नीति तथा कार्यक्रमको संसोधन प्रस्ताब राख्दै उहाँले संघिय सरकारका प्रधानमन्त्री केपी ओलीको लाचार छाँयाका रुपमा प्रदेशका मुख्यमन्त्री रहेको आरोप लगाउनुभयो ।
धादिङ जिल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यहाँका मुख्यमन्त्री पौडेलकै सामुन्य प्रदेश सरकार संघिय सरकारको इकाई मात्र रहेको भनेर भाषण गर्दा पनि केही नभन्नु भनेको लाचारपन भएको आरोप लगाउनुभयो । अर्का काग्रेशका सांसद बिजया श्रेष्ठले आषन, भाषण र शासनमा महिला सहभागिता भएन भने बहिस्कार गर्नुपर्ने बताउनुभयो ।यस प्रदेशमा ६ जना मन्त्री हुँदा पनि एक जना समेतलाई महिला मन्त्री नबनाएकोमा उहाँले आपत्ति जनाउनुभयो । आफूहरु आन्दोलनबाट आएको बताउँदै उहाँले कसैको खल्तीबाट नआएको बताउनुभयो ।
अर्का सांसद शोभा साक्य, रिना गुरुङ, रिता माझि, रमेश पौड्याल लगायतकाले नीति तथा कार्यक्रम माथी हालेको संसोधन प्रस्ताब फिर्ता नलिएपनि सभामुखले बुहमतले पारित गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*