ए डिभिजन लिग : आजबाट आठाैं चरणका खेल

जनपत्र
२३ पुष २०७८, शुक्रबार ०७:५१

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट आठौं चरणका खेल सुरु हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरवाती दुई खेल हुनेछन्। पहिलो खेलमा संकटा क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

७ खेलमा १३ अंक जोडेर तेस्रो स्थानमा रहेको संकटा आफ्नो अपराजित यात्रालाई कायम राख्दै शीर्ष स्थानको मछिन्द्रसँग अंक दुरी घटाउन चाहन्छ । ७ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको सातदोबाटो पनि संकटालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

साँझ पौने पाँचमा हुने दोस्रो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । ७ खेलमा ६ अंक जोडेर दशौं स्थानमा रहेको एपिएफ जावलाखेललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको जावलाखेल पनि एपिएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*