कान्तिलोकपथ अन्तरगत मकवानपुरको ठिंगनमा सडक अबरुद्ध

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार ०८:२१

हेटौंडा । हेटौंडाबाट काठमाण्डौ उपत्यका जोड्ने कान्तिलोकपथ सडकको ठाउँठाउँमा पहिरो लडेका कारण सवारी साधन ओहोर दोहोर गर्नका लागि समस्या भएको छ । दुईदिन देखि यो सडक अबरुद्ध बनेको छ ।

कान्तिलोकपथ अन्तरगत मकवानपुरको बकैयाँ गाउँपालिकाको ठिंगनमा पहिरो लडेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । हिजो देखि सडकमा अबरोध भएका कारण कान्तिलोकपथ भएर गुड्ने साना सवारीका साधनहरु संचालनमा आउन सकेका छैनन् ।

मकवापनुर अन्तरगतको सडक खण्ड र ललितपुर तर्फको सडक खण्डमा पनि तीन स्थानमा पहिलो रडेको प्रहरीले जनाएको छ । सडक खुलाउनका लागि पहल भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*