दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार ०६:३६

मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।

विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागेअनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*