हेटौडामा ७ दिने मनोसामाजिक मनोविमर्श तालिम

हेटौडा / सिआन पुर्नस्थापना केन्द्र र लियो क्लब अफ हेटौडा भुटनदेविको संयुक्त आयोजनामा “७ दिने मनोसामाजिक मनोविमर्श तालिम” सम्पन्न भएको छ । हेटौडा—९ लामसुरेमा यहि १० गते बाट शुरु भएको तालिम समापन भएको हो । साइकडेस्क फाउन्डेसन र द स्कुल अफ साइकोलोजी नेपालको सहकार्यमा सञ्चालन भएको तालिममा २१ जना सहभागिले भाग लिएका छन् ।
तालिमको अवधि ५६ घण्टा रहेको थियो । लियो क्लव अफ हेटौडा भुटनदेविका वर्ष २०१८/१९ का अध्यक्ष अनिल अधिकारीको सभाध्यक्षता र प्रदेश सभाका शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति माननिय घनश्याम दाहालको प्रमुख आतिथ्यता, लायन्स ईन्टरनेशलन डिष्ट्रिक ३२५ बि २ नेपालका डिस्ट्रिक चिफ लायन शुक्रराज पराजुली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश सिंह शाह र सशस्त्र प्रहरी बल गण हे.क्वा. १४ गणका गणपति श्याम कोईरालाकोे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि दाहालले युवाहरु पछिल्लो समय लागुऔषधमा फसिरहेको प्रति चिन्ता व्यक्त गर्दै सही मार्गमा कसरी लैजाने भन्ने बारेमा सोच्नु पर्ने बेला आएको बताए । सबै युवाहरुलाई रोजगारको श्रृजना गर्न सरकार लागि परिरहेको र रोजगार भएकाहरु यस्ता कुलतमा नफस्ने बताए । यो अपराध नभई रोग भएको बताउदै जेलमा हालेर मात्रै नहुने र सबैमा जनचेतना फैलाउनु पर्ने आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेश सिंहले बताए । मकवानपुरमा लागुऔषध प्रयोगकर्तालाई पक्राउ गर्नु मात्र ठुलो उपलब्ध नभएकाले भन्दै उनले भने,“कुलत तथा दुव्र्यसनिबाट निकालेर सहि बाटोमा लैजान सक्नु मात्र मकवानपुरको जित हो ।”
लायन्स इन्टरनेश्नल ३२५ बि २ नेपालका डिस्ट्रिक चिफ स्विकृत राज पराजुलीले लियो युवाहरुले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै भुटनदेवि मकवानपुर कै उत्कृष्ट लियो भएको बताए । उनले, लियो समाज परिर्वतनका संवाहक रहेको भन्दै लायन्सले हरेक कार्यमा साथ सहयोग दिने बताए । साइकडेस्क फाउन्डेसन र द स्कुल अफ साइकोलोजी नेपालकी कार्यक्रम संयोजक ज्योत्स्ना डाँगीले कार्यक्रमबाट सहभागिले मानव विकास र व्यवहार एवम् मनोसामजिक समस्या, मानसिक स्वास्थ्य, मनेविमर्शको अवधारणा, प्रक्रिया र चरण, नेपालमा आत्महत्याको अवस्था, प्रकार, कारण, लक्षण र उपचार लगायत विभिन्न मनोविमर्शका सीपहरु एवम् घटना व्यवस्थापन, मनोवैज्ञानिक उपचार र विशेष परिस्थितिमा देखिने मनोसामाजिक समस्याको व्यवस्थापनका बारेमा प्रशिक्षण दिइएको बताईन् ।
तालिममा श्रव्यदृश्यको प्रयोग गरि प्रशिक्षण गराएको उहाँले बताइन् । यस तालिमले सहभागिमा आफूले सिकेका सीपहरु आउँदा दिनहरुमा आफ्नो कार्यक्षेत्रमा र आफ्नो व्यक्तिगत जिवनमा पनि सहज रुपमा क्षमता प्रदर्शन गर्न सहयोग पुग्ने बताईन्। तालिममा सहभागि सानो पाइलाका अजितम पाण्डेले यस तालिमले आफ्नो व्यक्तिगत र पेशागत जिवनमा धेरै फाइदा पुगेको र यस्ता तालिम अति नै महत्वपुर्ण भएको बताए । आफूले सिकेका सीपहरुको प्रयोग ब्यवहारमा उतार्ने बताए । प्रदेश २, ३ र ४ बाट सहभागि भएको कार्यक्रममा लायन्स इन्टरनेश्नल ३२५ बि २ नेपालका डिस्ट्रिक चिफ स्विकृत राज पराजुली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश सिंह शाह, सिआन पुर्नस्थापना केन्द«का अभिभावक दिपु लामा, सशस्त्र प्रहरी बल, १४ नम्बर गणका गणपति श्याम कोइराला, लायन पुजा श्रेष्ठ, जानुका श्रेष्ठ,लियो क्लव अफ मकवानपुर हेटौडाका अध्यक्ष सुशान्त खतिवडा लगायतको आतिथ्यता रहेको थियो । ।