प्रदेश ३ मा पनि सांसद विकास कोषको माग

जनपत्र
१६ जेष्ठ २०७६, बिहीबार १८:५३

हेटौंडा प्रदेशका सांसदहरूले निर्वाचन क्षेत्रको लागि सांसद विकास कोषको माग गरेका छन्। प्रदेश ३ आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रममाथि बोल्दै प्रदेश सभा सदस्यहरूले निर्वाचन क्षेत्रको लागि सांसद विकास कोषको माग गरेका हुन्। छलफलमा बोल्दै प्रदेश सभा सदस्य सीता अधिकारीले निर्वाचन क्षेत्रको लागि सांसद विकास कोषको माग गरेकी हुन्।

यस्तै प्रदेश सभा सदस्य घनश्याम दाहालले पनि जनतालाई सांसदको भूमिकाको लागि पनि सांसदलाई निर्वाचन क्षेत्र अनुसार बजेट दिन माग गरेका हुन्। उनले जनताले सांसदले के ल्याए भनेर प्रश्न गर्ने भन्दै निर्वाचन क्षेत्र अनुसार बजेट दिन माग गरेका हुन्। प्रदेश सभा सदस्य वेलीमाया घलेले सांसद विकास कोष प्रत्यक्ष निर्वाचितलाई मात्रै नभई समानुपातिक सांसदलाई पनि बराबरी रुपमा छुट्याउन माग गरेका हुन्। ३ प्रदेश सभामा अहिले प्रदेशको नीति तथा कार्यक्रम माथि छलफल भइरहेको छ।

थाहाखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*