हेटौडा अस्पतालमा कार्यरत डाक्टर अधिकारीमाथि दुर्व्यवहार

जनपत्र
१६ जेष्ठ २०७६, बिहीबार १७:२५

हेटौडा / हेटौडा अस्पतालमा कार्यरत डाक्टर बन्दना अधिकारीमाथि अस्पताल परिसरमै  अभद्र व्यवहार गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत अधिकारीमाथि जेठ १४ गते राति १० बजे दुर्व्यवहार गरिएको हो ।

घटनापछि नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो । संघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायराभित्र ल्याई कारबाही गर्न स्थानीय सरकारसँग माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*