जावलाखेलले सातदाेबाटाेलाई २–० ले हरायाे

जनपत्र
१२ पुष २०७८, सोमबार १६:३६

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा आज साेमवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई दुई–शून्य गोलले हरायो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अङ्क जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक/एक गोल गरे ।

खेलको ५० औँ मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औँ मिनेटमा विदेशी खेलाडी निकाेलसले गाेल गर्दै जावलाखेललाई दुई–शून्यकाे जित दिलाए ।

जितसँगै जावलाखेल सात अङ्कसहित नवौँ स्थानमा पुगेको छ । सातदोबाटो ६ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*