११ औँ गणतन्त्र दिवसः साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार ०७:११

गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो ।
सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*