मकवानपुरमा २ सय ४८ जनाले गरे आत्महत्या

एक बर्ष दश महिनाको अबधिमा गरिबीका कारण आत्म हत्या गर्ने धेरै, आत्म हत्या गर्ने महिला भन्दा पुरुष बढी ।
जनपत्र
१५ जेष्ठ २०७६, बुधबार ०६:४९

हेटौंडा । मकवानपुरमा झण्डै दुईबर्षको अबधिमा २ सय ४८ जनाले आत्म हत्या गरेका छन् । झुण्डीएर, बिष सेवन गरेर आत्म हत्या गर्नेहरु धेरेनै बढेका छन् । एक बर्ष दश महिनाको अवधिमा आत्म हत्या गर्नेको सख्या २ सय ४८ जना पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको रेकर्डमा उल्लेख छ ।
मकवानपुरमा पछील्लो समयमा आत्महत्या गर्ने क्रम निकै डरलाग्दो भएर गएको छ । बिशेषगरी जिल्लाको ग्रामिण क्षेत्रका नागरिक आत्म हत्या गर्ने गरेका छन् । बितेको आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको दश महिनाको अवधिमा आत्महत्या गर्नेको सख्या निकै बढेको छ । आफ्ना इच्छा धेरै हुने त्यो इच्छा पुरा गर्न नसकेपछि आत्महत्या गर्नेहरु धेरै भएका हुन् । आत्म हत्या गर्नेहरु बालबालिका थोरै रहेका छन् । धेरैभने युवाअवस्थाका महिला पुरुष रहेका छन् ।गत बर्ष एक सय ११ जनाले आत्म हत्या गरेपनि चालु बर्षमा एक सय ३७ जनाले गरे आत्म हत्याबितेको आर्थिक बर्ष २०७४।०७५ मा आत्महत्या गर्नेहरु मकवानपुरमा १ सय ११ जना थिए । तर, चालु आर्थिक बर्षको साउन महिना देखि बितेको बैशाख महिना सम्म मात्र एक सय ३७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । आत्महत्या गर्नेहरु दिनहुँ बढ्दै गएका छन् ।
चालु आर्थिक बर्षमा ६९ जना पुरुषले आत्म हत्या गरेका छन् । यो अबधिमा आत्म हत्या गर्ने महिलाहरु ५५ जना रहेका छन् । गत आर्थिक बर्षमा ६२ जना पुरुषले आत्म हत्या गरेका थिए । यो अबधिमा ४५ जना महिलाले आत्महत्या गरेका छन् । दुइ बर्षको तथ्याङ्क हेर्दा आत्महत्या गर्ने महिला भन्दा बडी पुरुष रहेका छन् ।चालु आर्थिक बर्षमा ७२ जनाले झुण्डीएर आत्म हत्या गरेका छन् भने ६५ जनाले बिष सेवन गरेर आत्म हत्या गरेको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो । गत आर्थिक बर्षमा भने ६० जनाले झुण्डीएर आत्महत्या गरेका छन् । ५१ जनाले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।एक बर्ष दश महिनामै यतीका धेरै जनाले किन गरेत आत्महत्या ? मकवानपुरमा एक बर्ष दश महिनाको अवधिमा २ सय ४८ जनाले किन गरेत आत्म हत्या भन्ने धेरै प्रस्नको स्पष्ट जवाफ देखिदैन । कुनै भबितब्य भएर मृत्यु भएको भन्दा आत्म हत्या गरेर मृत्यु हुनेको सख्या मकवानपुरमा धेरैनै छ ।
गरिबीका कारण घरमा खान लाउनको समस्याका कारण धेरैले आत्महत्या गरेको प्रहरी उपरिक्षक सिहले बताउनुभयो ।आत्महत्या गर्नेहरु केहीले सुसाइड नोटमा आत्महत्या गर्नुको कारण देखाएका छन् । धेरैले भने किन आत्महत्या गरे भन्नेकुरा अझैपनि खुलेको छैन । आत्महत्या गरेको कारणमा परिवारकै सदस्यहरु पनि स्पस्ट छैनन् । केही परिवारलाई आत्महत्या गरेको कारण थाहा भएपनि खुलाउन नचाहेको प्रहरीले जनाएको छ ।मकवानपुरका बिकट गाउँपालिकामा अझैपनि आफ्ना छोराछोरीलाई खानलाउन दिन नसकेपछी र उनीहरुका सामान्य इच्छा समेत पुरा गर्न नसकेपछी पुरुष र महिलाले आत्म हत्या गरेको प्रहरीको प्रारम्बिक अनुसंधानले देखाएको छ । घरमा पारीवारीक झैझगडा, श्रीमान, श्रीमती बिचमा बढ्दै गएको असमझदारी, युवा युवतीहरु एक अर्कालाई प्रेम गर्ने पछी छुटीनु पर्दा आत्म हत्या गर्न सम्म पुगेको उहाँले बताउनुभयो । आत्म हत्या गर्ने मानिशहरुमा सोच्ने सक्तिको अभाब, हतारमा निणय गरेर आत्म हत्या गर्ने लगायतका कारणहरु बढी रहेको प्रहरीको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*