सरकारको नारा धेरै, कार्यनयनमा जटिलता–प्रतिपक्षी दलका नेता बानियाँ

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १८:१३

हेटौंडा । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारका कुरा र नारा धेरै भएको टिप्पणि गर्नुभएको छ । प्रदेश सरकारले आज संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको टिप्पणि गर्दै उहाँले नीति तथा कार्यक्रममा ल्याइएका योजना कार्यनयमा ल्याउन मुस्कील भएको बताउनुभयो । गतबर्षका कामलाई बढी निरन्तर्ता दिइएको उहाँले बताउनुभयो ।

नाराहरु धेरै रहेको तर, कार्यनयमा जटिलता रहेको उहाँले बताउनुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गरेअनुसार बजेटमा पनि समेट्नका लागि उहाँले सुझाब दिनुभएको छ । सरकारको काम प्रति जनता अझैपनि खुसी नरहेको उहाँले बताउनुभयो । नीति बनाउनु भन्दा पनि कार्यनयनमा जोड दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*