प्रदेश ३ सरकारले बिद्युतिय सवारी साधनलाई प्रोत्साहित गर्ने

हेटौंडा । प्रदेश ३ सरकारले बिक्रम सम्बत २०८५ सम्ममा काठमाण्डौ, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्बजनिक सवारीका साधन बिस्थापीत गर्ने तयारी छ । यसमा नीजि क्षेत्रलाई प्रोत्साहित गरेर काम गर्ने तयारी गरिएको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारीका साधनलाई निरुत्साहित गरि काम गर्ने तयारी गरिएको छ । अहिले पनि प्रदेश सरकारले ३० करोड रुपैयाँमा साझा सहकारी संगको साझेदारीमा बिद्युतिय बस संचालनमा ल्याउन लागेको छ ।
यसैगरी नागरिक शिक्षाका लागि प्रदेश जागरण अभियान सञ्चालन गरी नेपालको संबिधान, लोकतन्त्र, नागरिक अधिकार र कर्तब्य बिद्यमान कानुन ब्याबस्था तथा संघीयता कार्यान्वयनका बिषयमा सर्बसाधरण नागरिकलाई सुसुचित गरिने छ । प्रदेश सरकारको पहिचान, निशुल्क कानुनी जनसहायता अभियान अन्तरगत प्रदेशका १ सय १९ वटै स्थानीय तहमा कानुनी सहजकर्ता नगरपालिका स्तरमा समेत बिस्तार गर्ने योजना रहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।
यसैगरी संचारकर्मीहरुका लागि क्षमता बिकाश कार्यक्रम तथा महिला सञ्चारकर्मीहरुका लागि पेशागत सुरक्षा सम्बन्धी बिशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘प्रदेश ३ को इच्छा छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने नाराका साथ आगामी आर्थिक बर्षमा लोपोन्मुख, अल्पसंख्यक र अति सिमान्तकृत बर्ग तथा समुदायका लागि कार्यक्रम ल्याइने छ । उनीहरुका लागि सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई स्नातक र स्नाकोत्तर तहको अध्ययनको लागि निशुल्क ब्याबस्था गरिने छ ।