सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी हेटौंडामा पैरवी

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १३:१७

हेटौंडा । सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी पैरवी बैठक आज हेटौंडामा भएको छ । राष्ट्रिय स्वास्थ्यशिक्षा, सूचना तथा सञ्चार केन्द्र काठमाण्डौको आयोजनामा सूर्तिजन्य पदार्थ सेवन होइन, स्वस्थ रोजौ भन्ने नाराका साथ कार्यक्रम भएको हो ।

हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल, हेटौंडाका वडाअध्यक्षहरु, कार्यालयका महासाखाका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यशिक्षा, सूचना तथा सञ्चार केन्द्र काठमाण्डौका डाक्टर भक्तबहादुर केसीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*