फलफुलका बिरुवा रोपेर गणतन्त्र दिवश

मुख्यमन्त्री, सभामुख, मन्त्री देखि सचिब सम्मले बिरुवा रोपेर गणतन्त्र दिवश मनाए ।
जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १३:०२

हेटौंडा । प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालय परिषरमा आज बिभीन्न जातका फलफुलका बिरुवा रोपिएको छ । गणतन्त्र विवशका अवसरमा प्रदेश ३ मा गठन गरिएको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा बिभीन्न जातका बिरुवा रोपिएको हो ।
पहिले जंगलनै जंगल रहेको मन्त्रालय परिषर सफा गर्दै आज आँप, लिची लगायतका बिभीन्न जातका फलफुलका बिरुवा रोपिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बृक्षा रोपण कार्यक्रम गरिएको छ ।

आज रोपिएका बिरुवा आफैले संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । वेवारीसे अबस्थामा रहेको जग्गालाई उपयोग गर्नका लागि यो काम गरिएको प्रदेश नम्बर ३ का सामाजिक बिकाश मनत्री युवराज दुलालले बताउनुभयो । यो स्थानलाई गणतन्त्र स्मारकका रुपमा बिकाश गरिने उहाँको भनाई छ ।
बृक्षारोपणमा मुख्यमन्त्री पौडेल, प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सभाका प्रमुख सचेतक रामेस्वर फूयाल, प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतका बिभीन्न मन्त्रालयका सचिबहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*