विप्लवको चेतावनी : केपी-प्रचण्डसँग बदला लिन्छौँ, चुप लागेर बस्दैनौँ

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार ०७:०३

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोजपुर र काठमाडौंमा ज्यान गुमाएका आफ्ना चार कार्यकर्तालाई सहिद घोषणा गरेको छ । काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमाण्डर महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरलाई सहिद घोषणा गरेका छौँ’, विप्लवले भनेका छन्, ‘भोजपुरमा ‘बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई पनि सहिद घोषणा गरिएको छ।’
उनले यी सबै घटनाको मुख्य दोषी केपी सरकार रहेको बताएका छन्। उनले दमनकै क्रममा नेकपा युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को जेठ ७ गते भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोद्रेमा निशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गरेको जनाएका छन्। सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउँछ’, उनले भनेका छन्, नेकपा नेतृत्वको सरकार बनेदेखि नै जनतामाथि दमन सुरु भएको आरोप पनि उनले लगाएका छन्। उनले भनेका छन्, ‘यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ ।’ विप्लवले काठमाडौँमा भएको विस्फोटमा चारजनाको ज्यान गएपछि छानबिन गरी सत्यतथ्य जनतामा ल्याउने दाबी पनि गरेका छन्। उनले एकीकृत जनक्रान्ति सफल गरिछाड्ने जिकिर पनि गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*