कर्मचारीको तलब बढाउने गृहकार्य, पियनको २३ हजार पुग्न सक्ने

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने गृहकार्य गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्युनतम १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धिको प्रस्ताव गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। तर, गत वर्षहरुमा जस्तो सबै कर्मचारीहरुको समानुपातिक रुपमा तलब बढ्ने छैन । तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।