‘छ माया छपक्कै’ मा सुपुष्पाको इन्ट्री

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार ०६:४३

अभिनय राम्रो छ भने फिल्म असफल हुँदा पनि करिअरमा कुनै असर पर्दैन भन्ने एउटा गतिलो उदाहरण बनेकी छन्, अभिनेत्री सुपुष्पा भट्ट । उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी थिइन् । यो फिल्मले निर्माताको लगानी त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार गरिएको पोस्टरको पैसा समेत उठाएन । तर, यही फिल्मले सुपुष्पालाई डिमान्डेड बनाएको छ ।
यस फिल्ममा उनको स्वभाविक अभिनय र सुन्दरताको सर्वत्र प्रशंसा भएको थियो । ‘रणवीर’ रिलिज लगत्तै उनले अभिनेता अनमोल केसीसँग एक विज्ञापनमा समेत काम गरिन् । तर, फिल्म भने कुनै साइन गरेकी थिइनन् । निर्माता रोज राणाको फिल्म ‘खल नायक २’ मा उनी लिड हिरोइन हुने चर्चा छ । यसबीच, उनले प्रतिष्ठित ब्यानर आमा सरस्वतीसँग सहकार्य गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*