रुकुम पश्चिमका शिक्षकले साउन महिनादेखिको तलब पाएनन्

जनपत्र
१७ मंसिर २०७८, शुक्रबार १३:२८

रुकुम पश्चिम – रुकुम पश्चिमको एक सरकारी विद्यालयका शिक्षकले साउनदेखि तलब पाएका छैनन् ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तलब नपाएका हुन्।

कार्तिक महिनामै दिनुपर्ने तलब अहिलेसम्म नदिएपछि विद्यालयमा कार्यरत १४ जना शिक्षक मर्कामा परेका विद्यालयका प्रधानाध्यापक धर्मसिंह केसीले बताउनुभयो ।

प्रधानाध्यापक केसीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा विद्यालयमा जानकारी नदिइ सम्पर्कविहीन भएकाले तलब खुवाउन नसकिएको छ ।

उहाँका अनुसार शिक्षकहरुको तलब गाउँपालिकाले बैंक खातामा दशैँ अगाडि नै जम्मा गरेको छ।

खातामा अध्यक्ष देवकोटाको हस्ताक्षर अनिवार्य रहेकाले पैसा निकाल्न नसकिएको प्रधानाध्यापक केसीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*