प्रदेश ३ मा रोजगार मुलक बिश्व बिद्यालय स्थापना गर्ने परिकल्पना

जनपत्र
१३ जेष्ठ २०७६, सोमबार १८:४०

हेटौंडा । प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस कार्यदलको प्रतिबेदन आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाइएको छ । प्रदेशको सामाजिक बिकाश मन्त्रालयले तयार पारेको कार्यदलको प्रतिबेदन आज बुझाइएको हो । सामाजिक बिकाश मन्त्री युवराज दुलालले प्रतिबेदन मुख्यमन्त्री पौडेललाई बुझाउनुभयो ।

प्रतिबेदन बुझ्दै मुख्यमन्त्री पौडेलले बिश्व बिद्यालय प्रदेश सरकारको गौरबको आयोजानको रुपमा अगाडी बढाइएको बताउनुभयो । सरकारले बिधयक बनाएर बिश्व बिद्यालय संचालन गर्ने बताउनुभयो । यो बिश्व बिद्यालय नेपालमानै नयाँ रुपमा सुरु गर्न लागिएको उहाँले बताउनुभयो । स्वतन्त्र रुपमा संचालन हुने बिश्व बिद्यालयका रुपमा अगाडी बडाइने सामाजिक बिकाश मन्त्री दुलालले बताउनुभयो ।

प्रदेश स्तरमा रोजगार र राम्रा बिश्व बिद्यालयका रुपमा अगाडी बडाउने उदेस्यका साथ तयार पारिएको बिज्ञहरुले बताएका छन् । रोजगार मुलक र अनुसंधान मुलक बिश्व बिद्यालय स्थापना गर्नका लागि यो प्रतिबेदनले मध्त गर्ने मन्त्री दुलालले बताउनुभयो ।

प्रदेश सरकारको बिश्व बिद्यालयमा संरक्षण समितिको परिकल्पना समेत गरिएको छ । कार्यदलमा सामाजिक बिकाश मन्त्री युबराज दुलान संयोजक र सदस्यहरुमा प्रा.डा. युबराज संग्रौला, प्रा.डा. रमेश प्रसाद भट्टराई, प्रा.डा. हरिकृष्ण श्रेष्ठ, प्रा.डा. अञ्जना सिंह र प्रा. जगत कुमार श्रेष्ठ सदस्य रहनु भएको छ । कार्यदलमा सचीवका रुपमा निमित्त सचिव दिपेन्द्र सुवेदी रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*