कांग्रेसमा बागमती प्रदेश नेतृत्व चयनका लागि हेटौंडामा प्रक्रिया सुरु

जनपत्र
१७ मंसिर २०७८, शुक्रबार १०:०३

हेटौंडा । कांग्रेसको महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । हेटौंडाको फरेष्ठि खेल मैदानमा मनोनयनको काम भइरहेको छ । हिजो उद्घाटन् गरिएको र आज मनोनयन दर्ताको काम सुरु भएको हो । बागमती प्रदेशमा २१ सय ३७ जना प्रतिनिधिले मतदान गर्नेछन् । यसका लागि सबै प्रकृया सुरु भइसकेको नेपाली काग्रेश मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकलले बताउनुभयो ।

आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तालिका रहेको छ । यस्तै, आज दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने, दावी विरोध परेमा दिउँसो ३ बजेसम्ममा निर्णय भइसक्नेछ । दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार पहिलो नाम प्रकाशित गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन समिति संयोजक केशब काफ्लेले जानकारी दिनुभयो ।

मनोनयन फिर्ता लिने समय साँझ ४ बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । आज साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । निर्वाचनअन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ ।

उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । बिहीबार अधिवेशन उद्घाटनसँगै साँझ मतदाता नामावली सार्वजनिक गरिएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*