मकवानपुरको इन्द्रसरोबरमा करेन्ट लागेर दुईजनाको मृत्यु

जनपत्र
१३ जेष्ठ २०७६, सोमबार १५:३४

हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउपालिका वडा नम्बर ३ कोगटेमा करेन्ट लागेर २जनाको मुत्यु हुनुका साथै २ जना घाइते भएका छन । ईन्द्रसरोवर गाउपालिका ३ स्थित कोगटेमा वागमती हाइड्रोपावरका लागि विद्युतीय साम्रागी बोकेर आयोजनास्थल तर्फ जादै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईमा छुदा ट्रकमा सवार २ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवनापुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
मृत्युहुनेहरुमा सिंधुली जिल्ला तीनपाटन गाउँपालिका वडानम्बर ९ बस्ने दिलबहादुर मगर र नुवाकोट जिल्ला बेलकोट गढी ७ बस्ने ३५ बर्षिय बिशाल तामाङको मृत्यु भएको हो । त्यसैगरी करेन्ट लागेर आर्का २ जना घाइते भएको र उनीहरलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*